काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले नेपाललाई २ रनले हराएको हो।
डिएलएस मेथडमा २२१ रनको लक्ष्य पाएको नेपालले निर्धारित ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्रै बनायो। गुलशन झा अन्तिमसम्म फाइट गरेपनि नेपालको हार टार्न सकेनन्।
उनी ३५ बलमा ६१ रनमा अविजित रहे। उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५५, रोहित पौडेलले ३२, आसिफ शेखले २१ रन जोड्दा करण केसीले १८ रन बनाए।
बलिङतर्फ स्कटल्याण्डका ब्राड करीले तीन, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले एक–एक विकेट लिए।
कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो।
जर्ज मुन्सीले ७७, माइकल फिन्ले म्याकक्रेथले ३५, इङ्लिसलले अविजित ३४ रन जोड्दा माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर चार विकेट लिए। करण केसीले ८ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया