काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
आज शनिवार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वनिर्धारित एजेन्डाभन्दा सरकारका पछिल्ला नियुक्तिमा केन्द्रित हुने सम्भावना बढेको एक स्थायी समितिले बताए ।
प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बस्ने बैठकमा स्थायी कमिटीका निर्णय कार्यान्वयनमा देखिएका जटिलता लगायतका बिषयमा छलफल हुन लागेको हो ।
तीनदिन अघि बिहीबार मात्रै सरकारले मुख्यसचिव र तीन देशका राजदूतमा नियुक्त गरेपछि नेकपाभित्र विवाद देखापरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद जन्मेको हो ।
अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकको प्रस्ताव र मर्मविपरित प्रधानमन्त्री ओलीले पछिल्लो कदम चालेकोले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेको सचिवालय स्रोतले बतायो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया