श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यकः मुख्यमन्त्री यादव

प्रत्येक घरको भान्साघर व्यवस्थित गर्नसके अवस्थामा सुधार आउने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, २९ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा कुपोषणको समस्या समाधानका लागि बानीव्यवहारमा परितर्वन आवश्यक रहेको बताउनुभएको छ ।

मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा आजदेखि सुरु गरेको तीनदिने मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३ उद्घाटन गर्दै मुख्यमन्त्री यादवले प्रत्येक घरको भान्साघर व्यवस्थित गर्नसके अवस्थामा सुधार आउने उल्लेख गर्नुभयो ।

मधेस खाद्य सामग्री उत्पादनका दृष्टिले अन्य प्रदेशका तुलनामा राम्रो भए पनि उपयोग ठिकसँग नहुँदा यहाँ कुपोषण समस्या बनेको उहाँको भनाइ छ ।

तीनदिने शिखर सम्मेलनले मधेसमा कुपोषणका कारण देखिने पुड्कोपन, ख्याउटेपन र रक्तअल्पताको समस्या निदानमा ठोस निष्कर्ष दिने मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले बताउनुभयो । सम्मेलनमार्फत अनुगमनको पाटोलाई प्रभावकारी बनाउन ठोस तालिका निर्माण गर्न रायले सुझाउनुभयो ।

सम्मेलनमा पोषण नीतिबारे विज्ञहरूबीच गहन संवाद गरी निष्कर्ष निकालिने मधेस प्रदेश सरकारको स्वास्थ सचिव डा प्रमोदकुमार यादवले स्पष्ट पार्नुभयो ।

सम्मेलनमा प्रदेशका सबै पोषणसम्बद्ध प्रदेशस्तरीय सरकारी कार्यालयका प्रमुख, प्रादेशिक अस्पतालका प्रमुख, पोषणविद् र आठै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र पोषण अधिकृतको सहभागिता रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार