काठमाडौंः युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । गएराति दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।
हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटिएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टीमलाई हारबाट जोगाउन सकेनन् ।
चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७ रन जोड्दा फाप डु प्लेसिसले २२ रन बनाए । साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १–१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
जितसँगै हैदराबादले ४ खेलमा ४ अंक जोड्दै चौंथो स्थानमा उक्लिएको छ । प्रतियोगितामा चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया