जेठ १, २०८३ शुक्रबार May 15, 2026

सकारात्मक संवादका लागि कार्यदलका संयोजक शाहको आह्वान

कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ जेठ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ । जेनजीका प्रतिनिधिसँग आज हुने लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरिएको हो ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीका प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गरे ।

आज साँझ ५ः०० बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेनजी प्रतिनिधिले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाएपछि संयोजक शाहले वास्तविकता प्रष्ट पारेका हुन् । अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयनकै चरणमा रहेको उल्लेख गर्दै उनले जेनजी परिषद् निर्माण अन्तिम चरणमा पुगेको बताए ।

कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनले आग्रह गरेका छन् । कार्यदलले जेनजीबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ ।

शाहले कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन निमन्त्रित सबै जेनजीलाई अनुरोध गरेका छन् ।

कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो । यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

शासकीयस्वरूप, निर्वाचन प्रणाली र सङ्घीयताजस्ता महत्त्वपूर्ण विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूचीअनुसार यो प्रक्रिया अघि बढाइएको हो । विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित यस कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेनजीको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुख्यमन्त्री कार्यालय अगाडि वडाध्यक्षको धर्ना
२०८३ जेठ १, शुक्रबार
इरानको १४ बुँदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार: रिपोर्ट
२०८३ जेठ १, शुक्रबार
कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु
२०८३ जेठ १, शुक्रबार
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने
२०८३ जेठ १, शुक्रबार
ट्रम्प-सीबीच व्यापार सहमति
२०८३ जेठ १, शुक्रबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
२०८३ जेठ १, शुक्रबार
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ जेठ १, शुक्रबार