काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित शुक्रबार बसेको बैठकले एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।
एन्फाको संस्थापन पक्षले अर्लि इलेक्सन गर्न लागेपछि नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले प्रतिबन्ध लगाएको थियो । एन्फाले राखेपको स्वीकृति नलिईकन निर्वाचन प्रक्रिया अगाडि बढाएपछि त्यसबाट बिच्किएको राखेपले चुनाव रोक्न पटक पटक निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो ।
यसबीचमा पटक पटक भएका छलफलपछि शुक्रबार राखेपबाट निलम्बन फुकुवा भएको जनाइएको छ । राखेपले निलम्बन गरेपछि एन्फाका पदाधिकारीको विदेश भ्रमणमा पनि रोक लागेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया