काठमाडौँ । नेपाल प्रहरीले १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास शाखाले सूचना जारी गर्दै विभिन्न जिल्ला, इकाइ तथा कार्यालयमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारीसहित सरुवा गरिएको जनाएको हो ।
प्रहरी संगठनभित्र कार्यसम्पादन प्रभावकारी बनाउने, प्रशासनिक व्यवस्थापन सुदृढ गर्ने तथा आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने उद्देश्यले सरुवा गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
सरुवा सूचीअनुसार केही डीएसपीलाई जिल्लाको नेतृत्वदायी जिम्मेवारीमा पठाइएको छ भने केहीलाई अनुसन्धान, सुरक्षा, प्रशासन तथा विशेष ब्युरोमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयले सरुवा भएका अधिकृतहरूलाई तोकिएको स्थानमा तत्काल हाजिर हुन निर्देशन दिएको छ । नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको यस सरुवालाई संगठनभित्रको वार्षिक व्यवस्थापन र जिम्मेवारी पुनःवितरणको रूपमा हेरिएको छ ।
कसको सरुवा कहाँ ?
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया