श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

वडा सचिवलाई धम्की दिने व्यक्ति काठमाडौं प्रहरीको फन्दामा

काठमाडौंको शंखमुल क्षेत्रबाट नियन्त्रणमा परे प्रकाश खड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २२ वर्षीय प्रकाश खड्का रहेका छन्, जसलाई जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंको शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

राष्ट्रसेवक कर्मचारीलाई धम्क्याएको, भय र त्रास सिर्जना गरेको तथा अमर्यादित भाषा प्रयोग गरेको आरोपमा खड्कामाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवन भट्टराई ले जानकारी दिएका छन्।

धम्कीको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कारबाहीका लागि निर्देशन दिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया