मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काँग्रेस नेता गगन थापालाई कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। केन्द्रीय समितिको बैठक अघि कांग्रेसले गरेको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो।

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले आफूलाई कोरोना पोजेटिभ देखिएपछि फेसबुकमा लेखेर आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

असोज १९ गते नेपाली कांग्रेसको केन्द्रीयसमिति बैठक बस्नु अघि नेताहरुको पीसीआर परीक्षण गरिएको थियो। पार्टी कार्यालयमा असोज १५ गते स्वाब बुझाएका थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थापाले अहिले आफू घरमै आइसोलेसनमा रहेको पनि बताएका छ्न।  ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ,’ थापाले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै आइसोलेसनमा छु। यसबीचमा मेरो सम्पर्कमा रहनु भएका सबैले जिगता अपनाउनु हुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गर्दछु।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार