कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’

नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, जेठ ४ गते । नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत शैली (पुलिसिङ)भन्दा नवीनतम सोच र कार्यशैली अपनाइ नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवं प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवं इमानदार हुनुपर्ने, उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी सङ्गठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले बहन गर्न निर्देशन दिनुभयो ।

सङ्गठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थभन्दा भातृत्वभाव एवं साङ्गठनिक हितलाई केन्द्रविन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवं कानुनसम्मत कार्य गर्न सरूवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई उहाँले आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवं रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार