असार २३, २०८२ सोमबार July 7, 2025

महामारीका बेला रेडियोमार्फत भएको सिकाइ प्रभावकारी: शिक्षामन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महामारीको यो समयमा रेडियोमार्फत हुने सिकाइ सबैभन्दा धेरै बालबालिकाको पहुँचमा पुग्ने र प्रभावकारी हुने बताएका छन् ।

महोत्तरीको औरहीमा श्री प्रसाद सिंह माविको भवन उद्घाटन गर्दै मन्त्री पोखरेलले नेपालका लागि एफ.एम रेडियोमार्फत शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु नै एकमात्र विश्वसनीय आधार भएको दाबी गरे ।

नेपालका ८० प्रतिशत नागरिकसँग रेडियोको पहुँच रहेकाले स्थानीयस्तरमा सञ्चालित रेडियोसँग समन्वय गर्दै पठनपाठनलाई निरन्तरता दिन पनि मन्त्री पोखरेलले पालिकाहरुलाई आग्रह गरे ।

विश्वभरि नै वैकल्पिक विधिमार्फत पढाइ भइरहेको भन्दै उनले इन्टरनेटको सुविधा पुगेको ठाउँमा अनलाइन कक्षा र नपुगेको ठाउँमा रेडियोमार्फत नै पढाउनु अहिलेको विकल्प भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया