जेठ ५, २०८३ मंगलबार May 19, 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद बैठक

समसामयिक राजनीतिक अवस्था, सरकारका नियमित कार्यसूची तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे बस्ने तय गरिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका नियमित कार्यसूची तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।

सरकारले पछिल्लो समय प्रशासनिक निर्णय, विकास निर्माणका कार्यक्रम तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्राथमिकता दिँदै आएको छ । यही सन्दर्भमा मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बैठकपछि सरकारले गरेका निर्णय सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया