असार ३०, २०८३ मंगलबार July 14, 2026

सिटीको बराबरीसँगै आर्सनलको उत्सव, २२ वर्षको उपाधि खडेरी अन्त्य

२२ वर्षपछि आर्सनललाई प्रिमियर लिगको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। ईंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ। केहीबेरअघि सम्पन्न खेलमा म्यान्चेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएसँगै आर्सनल एक खेल अगावै च्याम्पियन बनेको हो।

खेलको ३८ औं मिनेटमा जुनिअर कुप्रीले गोल गर्दै घरेलु टोली बर्नमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए।

यता, खेल सकिनै लाग्दा अन्तिम समयमा एर्लिङ हालाण्डले बराबरी गोल फर्काएपनि सिटीलाई उक्त नतिजा प्रशस्त रहेन। आर्सनलले २२ वर्षपछि उपाधि जितेको हो। यसअघि २००३–४ सिजनमा टोलीले अपराजित रहँदै उपाधि जितेको थियो।

अब अर्को हप्ता अन्तिम खेल हुनेछ। आर्सनलको ३७ खेलबाट ८२ अंक रहेको छ भने दोस्रो स्थानका सिटीको ७८ अंक छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार