श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

प्रतिवेदनमा औँल्याइएका विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गरी सुधारका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर (धनुषा), ६ जेठः मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष आज महालेखा परीक्षक कार्यालयको आठौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डेले आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणसम्बन्धी आठौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णलाई बुझाउनुभएको हो । प्रतिवेदनमा प्रदेश सरकारअन्तर्गतका मन्त्रालय, निर्देशनालय, स्थानीय तह तथा अन्य सार्वजनिक निकायहरूको आर्थिक कारोबार, राजस्व सङ्कलन, बजेट कार्यान्वयन, खर्च प्रणाली तथा वित्तीय अनुशासनसम्बन्धी विषय समेटिएको बताइएको छ । लेखापरीक्षणका क्रममा देखिएका बेरुजु, आर्थिक अनियमितता, प्रक्रिया मिचेर गरिएको खर्च तथा सुधार गर्नुपर्ने पक्षबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कर्णले सुशासन प्रवद्र्धन, आर्थिक अनुशासन कायम तथा सार्वजनिक निकायलाई थप जिम्मेवार बनाउन महालेखा परीक्षणको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले प्रतिवेदनमा औँल्याइएका विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गरी सुधारका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख कर्णले सार्वजनिक स्रोत र साधनको पारदर्शी तथा प्रभावकारी उपयोग हुनुपर्ने उल्लेख गर्दै आर्थिक कारोबारलाई नियमसम्मत, मितव्ययी र जनउत्तरदायी बनाउन सबै निकाय जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले लेखापरीक्षणबाट औँल्याइएका कमजोरी सच्याउन सके मात्र सुशासन र विकासप्रतिको जनविश्वास बलियो हुने बताउनुभयो ।

नायब महालेखा परीक्षक पाण्डेले प्रतिवेदनले सार्वजनिक निकायको वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित र उत्तरदायी बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले बेरुजु न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा आर्थिक पारदर्शिताका लागि सम्बन्धित निकायले आवश्यक सुधारात्मक कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव, महालेखा परीक्षक कार्यालयका कर्मचारी तथा विभिन्न सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार