जेठ ७, २०८३ बिहिबार May 21, 2026

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

२४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ६ जेठः सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया