असार २२, २०८२ आइतबार July 6, 2025

मिसन जान प्रहरीमा नयाँ मापदण्ड, कार्यक्षमता र ज्येष्ठता प्राथमिकतामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन जान अब नेपाल प्रहरीका सबै जना कार्यक्षमता र ज्येष्ठताका आधारमा अनिवार्य रूपमा जान पाउने व्यवस्था गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन ‘यूएन फम्र्ड पुलिस युनिट’ (एफपीयू)मा जाने प्रहरी कर्मचारी छनोट सम्बन्धी मापदण्ड, २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।

नेपाल प्रहरीको एफपीयू मिसन छनोटमा पारदर्शिताको विषयमा प्रश्न उठेपछि प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी नायव उपरीक्षक (डीएसपी) तह सम्मका प्रहरी अधिकृतका लागि यो मापदण्ड जारी गरिएको हो । यो मापदण्ड अनुसार नोकरी अवधिभर कुनै पनि एफपीयू र इन्डिभिडिअल पुलिस अफिसर (आईपीओ)का रूपमा सहभागी नभएका प्रहरी अधिकृत कर्मचारी मात्र एफपीयू छनोटमा सहभागी हुन पाउनेछन् । यसमा ज्येष्ठतालाई प्राथमिकता दिइएको छ ।

त्यस्तै एफपीयू कन्टिनेन्टमा खटिने प्रशासन तर्फका प्रहरी नायव उपरीक्षक (डीएसपी)मध्ये एक जना यूूएन मिसनमा सहभागी भई स्वदेश फिर्ता भएको तीन वर्ष पूरा भएमा कार्यदक्षता र कार्यक्षमताका आधारमा र अर्को एक जना एक पटक पनि मिसन नगएका मध्येबाट ज्येष्ठताका आधारमा महानिरीक्षकबाट छनोट गरिनेछ ।

प्रशासन तर्फका छ प्रहरी निरीक्षकमध्ये एक जना शान्ति मिसनमा सहभागी भई स्वदेश फर्किएको कम्तीमा दुई वर्ष कार्यक्षमता तथा ज्येष्ठताका आधारमा महानिरीक्षकले छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । बाँकी पाँच जनाको भने शान्ति मिसन सिफारिस समितिले निर्णय गर्ने अधिकार प्रदान गरिएको छ ।

जुनियर प्रहरी अधिकृत प्रहरी नायव निरीक्षकमध्ये १३ जना एक पटक पनि नगएको ज्येष्ठताका आधारमा छनोट गरी पठाउने तयारी गरिएको छ । प्राविधिक प्रहरीको हकमा पनि सोही व्यवस्था लागू गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई), हवल्दार र सिपाहीको छनोट प्रक्रिया भने यूएन शान्ति मिसन छनोट समितिले गर्नेछ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले विगतको जस्तो शान्ति मिसनमा भनसुनका आधारमा कोही दोहोरिने, कोही जानै नपाउने समस्या अन्त्य भएको बताउनुभयो । सबै जना कार्यक्षमता र ज्येष्ठताका आधारमा अनिवार्य रूपमा जान पाउने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार