असार ३०, २०८३ मंगलबार July 14, 2026

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने उक्त प्रतियोगितामा ११६ खेलाडीको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ जेठः अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा ४२औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठको १४ देखि १७ गतेसम्म हुने भएको छ ।

उक्त प्रतियोगिताको खेल काठमाडौँको लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका महासचिव कुवेर प्रकाश सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष टिम इभेन्ट्स, महिला टिम इभेन्ट्स, पुरुष सिङ्गल्स, महिला सिङ्गल्स, मेन्स डबल्स, लेडिज डबल्स, मिक्स्ड डबल्स, जुनियर ब्वाइज अन्डर १९, जुनियर गल्र्स अन्डर १९, क्याडेट ब्वाइज अन्डर १५ तथा क्याडेट गल्र्स अन्डर १५ गरी विभिन्न ११ विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

टेबल टेनिस खेलको विकास तथा प्रवर्द्धनका लागि वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ । करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने उक्त प्रतियोगितामा ११६ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार