असार ३०, २०८३ मंगलबार July 14, 2026

आईसीसी विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न नेपालका बाँकी ९ खेल महत्त्वपूर्ण मानिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरू हुनेछ ।

आजको खेलमा दुवै टोली जितसहित सिरिजको अन्त्य गर्ने लक्ष्यमा छन् । नेपाल लगातार तेस्रो जितको खोजीमा रहँदा अमेरिका अघिल्लो हारको बदला लिने योजनामा मैदान उत्रिनेछ ।

नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग २ रनले पराजित हुँदै शुरुआत गरेको थियो । त्यसपछि दोस्रो खेलमा अमेरिकालाई ९ विकेट र तेस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै लय समातेको छ । नेपाल आज अमेरिकामाथि लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ ।

शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न नेपालका बाँकी ९ खेल महत्त्वपूर्ण मानिएका छन् । हाल नेपाल २७ खेलबाट २२ अंकसहित लिगको पाँचौं स्थानमा रहेको छ ।

यता अमेरिका समान २७ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा छ । अमेरिकाले शुरुआती दुई खेलमा स्कटल्याण्डसँग २ रन र नेपालसँग ९ विकेटको हार बेहोरेको थियो । तर तेस्रो खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै टोलीले पुनरागमन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार