जेठ २७, २०८३ बुधबार June 10, 2026

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो

नेपालका लागि ८३ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेलेका इशान पाण्डे ‘प्लेयर अफ द म्याच’ घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ २२ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली-संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीलाई १२२ रनले पराजित गरेको छ।

नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाको टोली ४१ दशमलव २ ओभरमा १९५ रनमै अलआउट भयो। नेपालका लागि ८३ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेलेका इशान पाण्डे ‘प्लेयर अफ द म्याच’ घोषित भए।

नेपालका कप्तान रोहित पौडेलले ५९ बलमा ४६ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३६ बलमा ५९ रनको आक्रामक इनिङ खेले। यस्तै आसिफ शेखले ५७ बलमा ४३ रन, कुशल भुर्तेलले ३९ बलमा २९ रन, गुल्सन झाले १२ बलमा १५ रन, सोमपाल कामीले ५ रन तथा नन्दन यादवले १ रन बनाए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलसन झा ले समान २–२ विकेट लिए।

अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले ४४ बलमा ५६ रन बनाए भने शायन जहाँगीरले ३४ बलमा २७ रन, शेहान जयसूर्याले २७ बलमा २६ रन, कप्तान

सैतेजा मुक्कामल्ला ले ३६ बलमा २२ रन तथा नोस्थुष केन्जिगे ले ५० बलमा दिन रन जोडे।

अमेरिकाका शुभम रञ्जने ले ३ विकेटका लागि भने रुशील उगरकर र मिलिन्द कुमार समान १–१ विकेटका लागि ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया