असोज २५, २०८३ आइतबार October 11, 2026

सोलेडाँडामा ‘जडीबुटी पार्क’

जडीबुटी पार्कका लागि हालसम्म करिब रु सात लाखभन्दा बढी रकम खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
ढोरपाटन (बागलुङ), ९ जेठः बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो ।
प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।
समुन्द्री सतहदेखि करिब दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडामा जडीबुटी राम्रो उत्पादन हुने उहाँको भनाइ छ ।
गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जडीबुटीको बिरुवा लगाएको अध्यक्ष बुढामगरले बताउनुभयो । सोलेडाँडा छेउँको जङ्गलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो, अर्सोगन्धलगायत विभिन्न प्रजातिका जडीबुटी यहाँ लगाइएको उहाँको भनाइ छ ।
“सोलेडाँडा आफैँमा पर्यटकीय क्षेत्र हो, यहाँ पछिल्लो समय उल्लेख्य पर्यटकको आगमन हुन थालेको छ, हामीहरुले नयाँ सोचका साथ जडीबुटी पार्कसमेत बनाएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अब सोलेडाँडा घुमफिर गर्ने र रमाउने ठाउँ मात्रै होइन, अनुसन्धान गर्ने क्षेत्रका रुपमा पनि विकास गर्ने उद्देश्यले जडीबुटी पार्क बनाएका हौँ, यहाँ अझै धेरै जडीबुटीका बिरुवा लगाउने योजनामा छौँ ।”
गाउँपालिकाले जडीबुटी पार्कका लागि हालसम्म करिब रु सात लाखभन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय सोलेडाँडामा दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीय तमबहादुर सिर्पालीले बताउनुभयो । गाउँपालिकाले पर्यटन पूर्वधारसहित सहिद पार्कलगायत पूर्वाधार निर्माणसँगै जडीबुटी पार्क बनाएपछि टाढाटाढाबाट अध्ययन अवलोकन गर्न आउनेको सङ्ख्यासमेत बढ्न थालेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार