श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ – मुख्यमन्त्री शाह

मुलुकमा भएका विभिन्न परिवर्तनमा युवाको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री प्रयोगको महत्वपूर्ण भूमिका रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाहरूको उल्लेखनीय योगदान रहेको बताउनुभएको छ । उहाँले विसं २००७ सालदेखि गत भदौमा भएको जेनजी पुस्ताको आन्दोलनमा युवापुस्ताको उल्लेखनीय योगदान रहेको धारणा राख्नुभयो ।

धनगढीमा सुरु भएको ‘सुदूरपश्चिम प्रदेश युवा सम्मेलन २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले उहाँले २००७ सालको क्रान्तिदेखि २०४६/४७ को जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै पछिल्लो जेनजी पुस्ताको आन्दोलनसम्म युवाहरूले लोकतन्त्र, गणतन्त्रको स्थापना तथा सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि उल्लेखनीय योगदान गरेका बताउनुभयो । उहाँले मुलुकमा भएका विभिन्न परिवर्तनमा युवाको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री प्रयोगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवाका आवाज समावेश गर्न प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री शाहले स्पष्ट पार्नुभयो । उहाँले डिजिटल युगमा युवालाई अवसरसँगै सचेतनाको आवश्यकता रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवीप्रसाद खनालको सभापतित्व भएको कार्यक्रममा महासङ्घका केन्द्रीय उपमहासचिव किरण थापा र भवराज रेग्मी, युवा अभियानका अध्यक्ष योगेन्द्र काफ्ले तथा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाहलगायतको उपस्थिति थियो । आजदेखि सुरु भएको दुई दिने सम्मेलनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट युवाहरूको सहभागिता रहेको छ । सम्मेलन जेठ १० गतेसम्म सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार