श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे लिए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ९ जेठः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले आज साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको वर्तमान अवस्थाबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणका क्रममा भार प्रेसण केन्द्रका प्रमुख चन्दन घोषले नेपालको विद्युत् माग र आपूर्तिको सन्तुलन, प्रणालीमा आउने प्राविधिक चुनौती र भारतसँग भइरहेको विद्युत् आयात–निर्यातको प्राविधिक पक्षबारे मन्त्री श्रेष्ठलाई अवगत गराउनुभएको थियो ।

निरीक्षणपछि मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षा र भरपर्दो विद्युत् आपूर्तिका लागि प्रणालीको सुदृढीकरण अनिवार्य रहेको बताउनुभयो । उहाँले आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत् निर्यात गरी आर्थिक लाभ लिन र हिउँदको समयमा हुने विद्युत् मागलाई कुशलतापूर्वक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

विद्युत् प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउँदै सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । उक्त निरीक्षणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार