असोज २५, २०८३ आइतबार October 11, 2026

पर्वतको छिपछिपे–कोटगाउँ–खुर्काेट सडक कालोपत्र

वर्षायाममा बाढी, पहिरोका कारण अवरुद्ध हुँदै आएको र घण्टौँ समय लाग्ने सडक अब भने आधा घण्टामै सदरमुकाम पुगिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पर्वत। मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ– खुर्कोट सडक कालोपत्र सम्पन्न भएको छ ।

छिपछिपे–कोटगाउ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो । उक्त सडक खण्डमा झण्डै २२० मिटर ढलान, एक किलोमिटर कालोपत्र गरिएको छ ।

त्यसैगरी, पोलम नाली, २९५ घनमिटर, जाली भर्ने कार्यलगायत संरचना निर्माण कार्य सम्पन्न भएको सडक निर्माण समितिका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

गत फागुन महिनाबाट निर्माण सुरु गरेको सडक निर्माण व्यवसायीले तीव्र गतिमा काम गरेकाले निर्धारित समयभन्दाअगावै सम्पन्न भएको हो । इन्धनको मूल्य उल्लेख्यमात्रामा वृद्धि भएपछि अन्यत्रका विभिन्न आयोजना रोकिएको भए पनि यो आयोजनामा भने निरन्तर काम भएको हो । सडक निर्माणका लागि असार मसान्तसम्मको अवधि रहे पनि डेढ महिनाअगावै सम्पन्न भएको हो ।

उक्त सडकको कालोपत्र गर्ने काम खुर्कोट कोट कालिका मन्दिरसम्म पु¥याउने लक्ष्य भए तापनि बजेट अभावका कारण यस वर्ष गगनपानी माथिको घुम्ती भन्ने स्थानसम्म मात्र निर्माण कार्य सम्पन्न भएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

निर्माण भएका संरचनाको मूल्याङ्कन गरी बाँकी रहेको बजेटबाट अन्य कार्य अगाडि बढभाउने कुश्मा नगरपालिका–२ का वडाध्यक्ष लालकृष्ण बास्तोलाले जानकारी दिनुभयो ।

उक्त सडकको बाँकी खण्डमा कालोपत्र र ढलानका लागि आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्नका लागि कुश्मा नगरपालिकामार्फत सङ्घीय सरकारसँग प्रस्ताव गरिएको वडाध्यक्ष बास्तोलाले बताउनुभयो ।

उक्त सडक निर्माणका लागि कुश्मा नगरपालिका र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत रु दुई करोड १५ लाख विनियोजन भएको हो । उक्त रकममध्ये कुश्मा नगरपालिकाबाट रु एक करोड २९ लाख र सङ्घीय सरकारबाट रु ८६ लाख लागत साझेदारी गरिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा तोकिएका सबै निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । यो सडकको कालोपत्र गर्न सौर्यकीरण जेभी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

सडक कालोपत्र भएपछि कुश्मा नगरपालिका–२ खुर्कोट, पाङ, बनौ र दुर्लुकासमेत स्थानीयलाई सदरमुकाम आवतजावत गर्न सहज भएको छ । यसअघि वर्षायाममा बाढी, पहिरोका कारण अवरुद्ध हुँदै आएको र घण्टौँ समय लाग्ने सडक अब भने आधा घण्टामै सदरमुकाम आउन सकिने भएको स्थानीयवासी गणेश पौडेलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न काँग्रेस सभापति गगन थापाको अपिल
२०८३ असोज २५, आइतबार
पाथीभरामा भक्तजनको घुइँचो
२०८३ असोज २५, आइतबार
रोहित पौडेलको शतक र गुल्शनको आक्रामक ब्याटिङमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२०८३ असोज २५, आइतबार
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनपछि ढुवानीमा सहज
२०८३ असोज २५, आइतबार
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
२०८३ असोज २५, आइतबार
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
२०८३ असोज २५, आइतबार