जेठ ११, २०८३ सोमबार May 25, 2026

सर्वोच्चद्वारा शेरबहादुर देउवा र आरजु राणालाई पक्राउ नगर्न अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शेरबहादुर देउवा  र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार सो आदेश जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मागअनुसार काठमाडौं जिल्ला अदालतले दुवैलाई पक्राउ गरेर नेपाल ल्याउन अनुमति दिएको भए पनि सो निर्णयविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको थियो ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि सम्बन्धित पक्षलाई झिकाउन आदेश दिएको थियो । तर पछिल्लो सुनुवाइपछि सर्वोच्चले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो ।

इन्टरपोलले प्रमाण नपुग्ने भन्दै रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको विषय पनि यस प्रकरणमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया