जेठ ११, २०८३ सोमबार May 25, 2026

क्यानद्वारा खेलाडी वर्गीकरण सम्झौता सार्वजनिक

पहिलो पटक ए प्लस श्रेणीमा तीन खेलाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । यसपटक पहिलो पटक ए प्लस श्रेणी समावेश गर्दै समग्र प्रणाली पुनर्संरचना गरिएको छ ।

संघले सार्वजनिक गरेको सूचीअनुसार कुल ३८ जना पुरुष खेलाडीलाई पाँच विभिन्न श्रेणीमा समावेश गरिएको छ । अघिल्ला वर्षहरूमा ए प्लस श्रेणी नरहेकोमा यस वर्षदेखि उच्चतम स्तरको रूपमा उक्त श्रेणी लागू गरिएको हो ।

नयाँ ए प्लस श्रेणीमा एक दिवसीय टोलीका कप्तान रोहित पौडेल, टी–२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी तथा राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने समावेश भएका छन् ।

क्यानका अनुसार ए प्लस श्रेणीमा परेका खेलाडीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने व्यवस्था गरिएको छ । नयाँ वर्गीकरणले राष्ट्रिय क्रिकेट संरचनामा खेलाडी प्रोत्साहन र व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया