काठमाडौंः त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखिएको छ । केसीलाई आइतबारबाट सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
डा. केसीलाई एक्कासि छाती दुख्ने भएपछि केसीलाई अक्सिजनको सपोर्टमा राख्नुपरेको केसीका सहयोगी डा. तोसीमा कार्कीले जानकारी दिएकी छन् । डा. केसीले अन्य औषधि लिन मान्नु भएको छैन ।
उनले नियमित रुपमा खाइरहेको मुटुको औषधि पनि केही दिनदेखि खान छोडेको बताइएको छ । डा.केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालले भने आधिकारिक रुपमा केही जानकारी दिएको छैन ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर बाहिरबाट आउने आगन्तुकलाई आज बिहानदेखी नै भेटघाटमा रोक लगाइएको अस्पतालले जनाएको छ । जुम्लामा गत भाद्र २९ गतेदेखी १९ औं अनशन सुरु गरेका डा. केसीलाई असोज ६ मा विमानमार्फत काठमाण्डौं ल्याइएको थियो । उनी असोज ७ गतेदेखी त्रिवि शिक्षण अस्पतालमा पुन अनशन शूचारु गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया