जेठ ३०, २०८३ शनिबार June 13, 2026

दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान

जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्ति सेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ ।

यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ । ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी जुन यही जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्ति सेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम छ ।

साथै, कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिनेछ । यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिँदै छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो । नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार
रावल आयोगको प्रतिवेदन : एकतिस वर्षपछि कार्यान्वयन
२०८३ जेठ ३०, शनिबार
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
२०८३ जेठ ३०, शनिबार
आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना
२०८३ जेठ ३०, शनिबार
शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ जेठ ३०, शनिबार
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
२०८३ जेठ २९, शुक्रबार
घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौति
२०८३ जेठ २९, शुक्रबार