काठमाण्डाैंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार देखिएको छ ।
उपचारमा सलग्न डा. सिन कोन्लेले कोरोना पुष्टि भएयता राष्ट्रपतिको अक्सिजन लेभल २ पटकसम्म घटेको उल्लेख गर्दै उनलाई डेक्सामेथासोन नामक स्टेरोइड दिइएको जानकारी दिएका छन्। यस्तै उनलाई एकपटक अक्सिजन दिइएको छ।
७४ वर्षीय उनलाई मोटोपनका कारण कोभिड १९ को उच्च खतरा रहेको बताइएको थियो । शुक्रबार उनलाई मिश्रित औषधियुक्त इन्जेक्सन दिइएको थियो भने ५ दिनको एन्टीभाइरल औषधि रेमडेसिभिर चलाइएको थियो ।
उनी अस्पतालबाट सोमबारसम्म डिस्चार्ज हुने चिकित्सकहरुले बताएका छन् । शुक्रबार कोरोना पुष्टि भएपछि ट्रम्पको वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उपचार भइरहेको छ। – एजेन्सी ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया