काठमाण्डाैंः प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजीत भएको हो ।
घरेलु मैदान भिल्ला पार्कमा पाहुना टोली लिभरपुललाई पराजित गर्न ओलिए वाट्किन्सले ह्याट्रिक गरे । त्यस्तै ज्याक ग्रेअलिसले दुई तथा जोन म्याकगिन र रोज बाक्र्लीले एक(एक गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल फर्काएका थिए ।
खेलको चौथो मिनेटमै एस्टन भिल्लाले अग्रता लिएको थियो । ओलिएले ग्रेअलिसको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २२औं मिनेटमा ओलिएले ग्रेअलिसको पासमै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
३३औं मिनेटमा लिभरपुलका लागि सलाहले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । ३९औं मिनेटमा ओलिएले ह्याट्रिक पूरा गर्दै पहिलो हाफमा लिभरपुललाई ४(१ ले पछि पारे ।
५५औं मिनेटमा बाक्र्लीले गोल गरे । ६०औं मिनेटमा सलाहले रोबर्टो फिर्मिन्होको पासमा गोल गर्दै गोल अन्तर ५-२ को पारे । ६६औं मिनेटमा ग्रेअलिसले गोल गरे । ७५औं मिनेटमा ग्रेअलिसले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टन भिल्लालाई ७(२ को फराकिलो जित दिलाए ।
योसँगै जारी सिजनमा लिभरपुलले पहिलो हार व्यहोरेको छ । चार खेल खेलेको लिभरपुलले ९ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ । तीन खेल खेलेको एस्टन भिल्लाले भने लगातार तीनवटै खेलमा जित निकाल्दै ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।- एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया