श्रावण ४, २०८३ सोमबार July 20, 2026

१३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव

सिर्जनालाई अर्थतन्त्रसँग जोड्ने गरी साझेदारी र सहकार्य हुनेगरी परियोजना निर्माण गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १८ जेठः गत शनिबारदेखि सुरु बागमती साहित्य महोत्सवको देस्रो संस्करण तेह्र बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवमा प्रदेशका १३ जिल्लाका साहित्यकारको सहभागिता थियो ।

महोत्सवले कविता, उपन्यास तथा नाट्यलगायत सिर्जनालाई अर्थतन्त्रसँग जोड्ने गरी साझेदारी र सहकार्य हुनेगरी परियोजना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै भाषा साहित्य, सङ्गीत, नाट्य तथा ललितकला, संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवद्र्धनका लागि आगामी दिनमा पनि निरन्तरता दिने घोषणापत्रमा उल्लेख छ ।

यस प्रकारका महोत्सवहरूलाई निरन्तरता दिनका लागि सङ्घीय, प्रादेशिक, जिल्ला, स्थानीय तहका सरकार र क्रियाशील प्राज्ञिक संस्थाहरूले हरेक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने माग गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र र पर्यटन प्रवर्द्धनमा नेपाल-चीन सहकार्य विस्तार गर्ने सञ्चार मन्त्रीको प्रतिबद्धता
२०८३ श्रावण ४, सोमबार
एमाले बागमती ‘पर्ख र हेर’को नीतिमा
२०८३ श्रावण ४, सोमबार
त्रिभुवन विमानस्थलबाट अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद
२०८३ श्रावण ४, सोमबार
आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
२०८३ श्रावण ४, सोमबार
विवाद घर घरमा, मेलमिलाप पालिकामाविवाद घर घरमा, मेलमिलाप पालिकामा
२०८३ श्रावण ४, सोमबार
संयुक्त सरकार गठन गर्ने प्रस्तावमा कांग्रेसको अस्वीकार
२०८३ श्रावण ४, सोमबार
एक वर्षमा विदेशिए झण्डै आठ लाख नेपाली
२०८३ श्रावण ४, सोमबार