जेठ १८, २०८३ सोमबार June 1, 2026

चीनका राजदूत र स्वास्थ्य मन्त्री मेहताबीच शिष्टाचार भेट

दुई देशबीच आपसी सम्बन्ध, सहकार्य तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा सामान्य छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत महामहिम चाङ माउ मिङ्गबीच आज शिष्टाचार भेटघाट भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा भएको उक्त भेटमा राजदूत चाङ माउ मिङ्गले मन्त्री मेहतालाई औपचारिक रूपमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा दुई पक्षबीच आपसी सम्बन्ध, सहकार्य तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा सामान्य छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ । भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया