कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

अमेरिकी उपविदेशमन्त्री सारा र मन्त्री खनालबिच शिष्टाचार भेटवार्ता

भेटवार्तामा दशकौँदेखि रहँदै आएको नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउने बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उपविदेशमन्त्री रोजर्सले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबिच विचार आदान प्रदान भएको थियो।

भेटवार्तामा दशकौँदेखि रहँदै आएको नेपाल–अमेरिका मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई मजबुत बनाउने विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ।

उपविदेशमन्त्री रोजर्स हाल दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आएकी हुन् । नेपाल बसाइका क्रममा उनले विभिन्न सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा अमेरिकी कार्यक्रमका पूर्वविद्यार्थीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार