जेठ १९, २०८३ मंगलबार June 2, 2026

मन्त्रिपरिषद् बैठक सुरु

समसामयिक राजनीतिक, प्रशासनिक तथा राष्ट्रिय महत्वका विषयमा छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा राष्ट्रिय महत्वका विषयमा छलफल भइरहेको छ।

पछिल्लो समय सरकार, संसद् र राजनीतिक दलहरूबीच देखिएको तनावपूर्ण परिस्थितिका साथै राष्ट्रिय सरोकारका विभिन्न विषय बैठकको मुख्य एजेन्डामा रहेको बताइएको छ। विशेषगरी प्रधानमन्त्री शाहको संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिपछि उत्पन्न राजनीतिक विवाद, संसद्मा देखिएको अवरोध तथा त्यसको प्रभावबारे पनि बैठकमा समीक्षा हुने अपेक्षा गरिएको छ।

बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत भएका विभिन्न प्रस्ताव, कर्मचारी सरुवा, प्रशासनिक निर्णय, विकास आयोजनाको प्रगति तथा सरकारका प्राथमिकताका विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ। केही महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू पनि आजको बैठकबाट हुन सक्ने संकेत गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया