कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

रास्वपाका अध्यक्ष लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपालसँगको सहकार्यलाई अझ मजबुद बनाउने प्रम मोदीको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ।

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्।

भेटको तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले लामिछानेसँग भेट भएकोमा खुशी व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई अझ मजबुद बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले नेपाल र भारतबीचको साझा समृद्धि तथा उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको इच्छालाई स्वागत गर्दै आफू पनि त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले नेपालको महत्व भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदारका रूपमा रहेको उल्लेख गर्दै नयाँ सरकारसँग सहकार्य गरी दुई देशबीचको विशेष, बहुआयामिक र ऐतिहासिक सम्बन्धलाई अझ उचाइमा पुर्या उन भारत तत्पर रहेको उल्लेख गरेका छन्।

उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पूर्वाधार, ऊर्जा, कनेक्टिभिटी तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहकार्य बढाइने विश्वास व्यक्त गरेका छन्।

लामिछाने सोमबार भारत भ्रमणमा गएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार