जेठ २२, २०८३ शुक्रबार June 5, 2026

परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता

भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गर्ने तालिका रहेको छ भने उनी जेठ २४ गते स्वदेश फर्किने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन्। नयाँदिल्ली पुगेको केही समयमै भएको उक्त भेटलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।

भेटका क्रममा नेपाल र भारतबीचको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सूचना आदानप्रदान तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा छलफल भएको जनाइएको छ। दुवै पक्षले दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै सुरक्षा सहयोगलाई प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय उच्च अधिकारीहरूसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, कूटनीतिक सम्बन्ध तथा पारस्परिक चासोका विविध विषयमा भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ। भ्रमणलाई नेपाल–भारत सम्बन्धमा पछिल्ला समयका विषयहरूबारे संवाद विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

मन्त्री खनाल तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गर्ने तालिका रहेको छ भने उनी जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार