जेठ २३, २०८३ शनिबार June 6, 2026

लामाखेतमा बस्ती संरक्षण योजना निर्माण

म्याग्दी, पर्वत र मुस्ताङका गरी छ वटा बहुवर्षीय नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना निर्माणाधीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, २३ जेठः जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बाढी, पहिरोबाट बस्ती संरक्षण गर्ने योजना निर्माण भएको छ ।

लामाखेतस्थित जलजला गाउँपालिकाको कार्यालय, बस्ती र सार्वजनिक सम्पत्तीलाई कालीगण्डकीमा आउने बाढी तथा कटानबाट बचाउनका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले योजना निर्माण गरेको हो ।

कुश्मा नगरपालिका-४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माणका लागि रु चार करोड ८३ लाख १० हजार ५६८ लागत अनुमान गरेर ठेक्का आह्वान भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०८२ असारमा रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा नकुल-बिआरटी-शाय जेभीले ठेक्का सम्झौता गरेको छ ।

इन्जिनियर गुरुङले भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन लगाएर ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण भएको बताउनुभयो । उहाँका अनुसार कार्यालयमार्फत बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङका गरी छ वटा बहुवर्षीय नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना निर्माणाधीन छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार