जेठ २५, २०८३ सोमबार June 8, 2026

विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

बभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ जेठः नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो ।

नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो ।

शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामीमध्ये पुरुष बढी रहेका तथ्याङ्कमा उल्लेख छ । पुरुष एक हजार ५०२ जनाको र महिला एक हजार ४९८ जना रहेका छन् । उहाँले सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् । तथ्याङ्कअनुसार सबभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको छ ।

वरिष्ठ न्यूरोसर्जन डा झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बर्सेनि बढिरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो ।

उहाँले स्टेज १ र २ का ब्रेन ट्युमरको शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेशन ३ र ४ का बिरामीलाई शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिने बताउनुभयो । नेपालमा ग्लियोमा (एकप्रकारको ट्युमर) का बिरामी सबभन्दा बढी रहेका छन् । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ । यस्तै मेनिन्जियोमा (एकप्रकारको ट्युमर)को बिरामी ७.४ प्रतिशतबाट २०८२ मा २७.१ प्रतिशत पुगेका छन् ।

निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका हुन् । वीर अस्पतालले दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया गर्दैआएकामा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने डा झाले बताउनुभयो । ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
२०८३ जेठ २५, सोमबार
सीके राउत नेतृत्वको जनमतले सरकारसमक्ष राख्यो ११ बुँदे माग
२०८३ जेठ २५, सोमबार
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
२०८३ जेठ २५, सोमबार
नुवाकोटका १२ पालिकालाई साढे ३ अर्ब अनुदान, गत वर्षभन्दा बजेट घट्यो
२०८३ जेठ २५, सोमबार
रास्वपा जिल्ला अधिवेशन : छपन्न जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
२०८३ जेठ २५, सोमबार
दक्षिणी फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पः पछी सुनामीको चेतावनी
२०८३ जेठ २५, सोमबार
मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
२०८३ जेठ २५, सोमबार