श्रावण ३०, २०८३ शनिबार August 15, 2026

सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठन : कांग्रेसका ३ मन्त्री र २ राज्यमन्त्री फेरिए

नवनियुक्त मन्त्री विक्रमसिंह धामीलाइ आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद पुनर्गठन भएको छ । नेपाली कांग्रेसले आफ्नो पार्टीका तीन मन्त्री र दुई राज्यमन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख नजिर मियाँले आज साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । नवनियुक्त मन्त्री विक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

यसैगरी, मन्त्री मानबहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । बेलबहादुर रानामगरले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

यसैगरी, जुना दानीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री र मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको रुपमा सपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

नेपाली कांग्रेसले तत्कालीन आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टसहित राज्यमन्त्रीहरु सरस्वती खड्का एवम् प्रकाशबहादुर बमलाई फिर्ता बोलाएपछि मन्त्रीमण्डल पुनर्गठन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मानक उपचार प्रोटोकल प्रभावकारी कार्यान्वयनमा जोड
२०८३ श्रावण ३०, शनिबार
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
२०८३ श्रावण ३०, शनिबार
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च
२०८३ श्रावण ३०, शनिबार
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण ३०, शनिबार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार