जेठ २६, २०८३ मंगलबार June 9, 2026

दुग्ध विकास बोर्डको पुनसंरचनामा जोड : मन्त्री चौधरी

दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ जेठ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्छ भन्नुभयो ।

आज राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बोर्डको उद्देश्यअनुसार कार्यसम्पादन गर्दै दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले दुग्ध उत्पादक किसान, सहकारी संस्था तथा निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको औचित्यमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो ।

मन्त्री चौधरीले बोर्डका पदाधिकारी तथा कर्मचारीलाई संस्थाप्रति थप जिम्मेवार बन्दै दुग्ध क्षेत्रको समग्र विकास, उत्पादन वृद्धि, बजार व्यवस्थापन र किसानको हित संरक्षणका लागि सक्रियतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।

दूग्ध विकास बोर्ड स्थापनाको उद्देश्य दुग्ध क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारलाई नीतिगत सुझाव प्रदान गर्नु, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नु रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया