काठमाण्डौंः दशैंमा अग्रिम टिकट बुकिङ अन्योलमा परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङबारे छलफल गर्न शनिबार लामो दूरीमा सवारी चलाउने सदस्य कम्पनीका अध्यक्षहरुसँग छलफल गर्ने भएको छ ।
त्यो छलफलपछि महासंघको बैठक बसेर अग्रिम टिकट बुकिङबारे निर्णय गर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यलले बताए । यातायात व्यवस्था विभागले आजदेखि बुकिङ खुलाउन व्यवसायीलाई प्रस्ताव गरेपनि व्यवसायीले अहिले चलिरहेका बसमै पर्याप्त यात्रु नभएको भन्दै थप छलफल गर्नुपर्ने बताएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुग्दा लकडाउन गर्न सिफारिस गरेका कारण पनि अग्रिम टिकट बुकिङ खुला गर्न समस्या देखिएको महासंघले जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल अहिलेसम्म लामो दूरीको बसमा चाप नदेखिएकाले यो वर्ष अग्रिम बुकिङ खोल्ने निर्णय गर्न ढिलाइ भएको बताए ।
अहिले टिकट काटेर पछि जान नपाउने अवस्था आएर पैसा फिर्ता गर्न असहज हुने उनले बताए । बिगतका बर्षहरुमा उपत्यकाबाट २० लाख बाहिरिने गरेको भएपछि यो वर्ष दशैंका बेला ५ लाख व्यक्ति उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया