जेठ २९, २०८३ शुक्रबार June 12, 2026

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४६७

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २९ गते । मुलुकमा सञ्चालित सरकारी विद्यालयमध्ये आधाभन्दा बढीमा विद्यार्थीको चरम अभाव देखिएको छ । विद्यार्थी अभाव भएपछि ती विद्यालय सञ्चालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढाएको छ ।

सामुदायिक विद्यालयमध्ये पनि कुनैमा सात हजारभन्दा बढी विद्यार्थी पढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन । सरकारी तथ्याङ्क अनुसार मुलुकभर २७ हजार १० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये १३ हजार ७३६ मा अझै पनि सयभन्दा कम विद्यार्थी छन् । यो भनेको कुल सामुदायिक विद्यालयको ५०.८६ प्रतिशत हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ । यो विद्यालयमा आठ हजार २३९ विद्यार्थी अध्ययनरत छन् । धेरै विद्यार्थी अध्ययनरत १० सामुदायिक विद्यालयमध्ये रुपन्देही जिल्लामा मात्रै चार वटा रहेका छन् । त्यस्तै काठमाडौँका दुई तथा धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा एक/एक वटा विद्यालय छन्, जहाँ चार हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

तथ्याङ्क अनुसार सयदेखि पाँच सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १० हजार ८६ वटा छन् । ५०१ देखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार ६७० वटा छन् । त्यस्तै एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४६७ रहेका छन् । पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको देखिएको छ ।

विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजनसमेत गर्न थालिएको छ । हालसम्म ६५० भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताउनुभयो । आवश्यकता अनुसार केही विद्यालयलाई कक्षा घटुवा गरिएको पनि उहाँले जानकारी दिनुभयो । विद्यालय गाभ्दा बढी हुने शिक्षकलाई दरबन्दी कम भएका अन्य विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रियालाई पनि सरकारले तीव्रता दिएको छ । साथै माथिल्लो तहमा थोरै शिक्षक दरबन्दी भएको र तल्ला तहमा धेरै देखिएपछि सरकारले दरबन्दीको स्तरोन्नति प्रक्रियालाई पनि तीव्रता दिएको छ । पछिल्लो समय प्राथमिक तहका छ हजार दरबन्दी स्तरोन्नति गरेर निम्नमाध्यमिक तहमा पठाइएको केन्द्रले जनाएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
२०८३ जेठ २९, शुक्रबार
घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौति
२०८३ जेठ २९, शुक्रबार
नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा
२०८३ जेठ २९, शुक्रबार
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
२०८३ जेठ २९, शुक्रबार
केन विलियम्सनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
२०८३ जेठ २९, शुक्रबार
रास्वपा संयम र अनुशासित हुनुपर्छ : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ २९, शुक्रबार
विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन राजनीतिक नेतृत्वमा सुझबुझ हुनुपर्छ : सभापति थापा
२०८३ जेठ २९, शुक्रबार