श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रास्वपा संयम र अनुशासित हुनुपर्छ : महामन्त्री बुर्लाकोटी

पार्टी छोटो अवधिमै देश निर्माणको महत्वपूर्ण जिम्मेवारीमा पुगेको उल्लेख गर्दै संगठनलाई अझ व्यवस्थित र परिपक्व बनाउनु आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित हुन आह्वान गरेका छन्।

पोखरामा आयोजित रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी छोटो अवधिमै देश निर्माणको महत्वपूर्ण जिम्मेवारीमा पुगेको उल्लेख गर्दै संगठनलाई अझ व्यवस्थित र परिपक्व बनाउनु आवश्यक रहेको बताए।

उनले अधिवेशनहरूले नीति र नेतृत्वलाई खार्दै लैजाने बताउँदै महाधिवेशनको तयारीसँगै पार्टीलाई बृहत्तर संगठनका रूपमा विकास गर्ने अभियानमा अघि बढ्नुपर्ने धारणा राखे। “एक समय हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ। अब संयम आवश्यक छ,” उनले भने।

बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्तिका लागि नभई सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक अभियान भएको स्पष्ट गर्दै सबैले जिम्मेवारीको दायराभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली ले पार्टी र सरकारबीच कुनै समस्या नरहेको दाबी गर्दै नेतृत्वबीच जिम्मेवारी बाँडफाँटमार्फत संगठन र शासन सञ्चालन व्यवस्थित रूपमा अघि बढिरहेको बताए।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य तथा सचिवालय सदस्य सागर ढकाल ले देशको कायापलट गर्ने उद्देश्यसहित पार्टी स्थापना भएको उल्लेख गर्दै पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषय नबनाउन कार्यकर्तालाई आग्रह गरे।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतम का अनुसार अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिइएको छ। उनका अनुसार प्रदेशका ६४ पालिका, ५५५ वडा तथा नौ वटै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने ७३५ प्रतिनिधिको सहभागितामा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार