काठमाण्डाैंः इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन डिफेन्डर एलेक्स टेलिसलाई अनुबन्धित गरेको छ । युनाइटेडले लेफ्ट ब्याक एलेक्सलाई पोर्चुगिज क्लब पोर्टोबाट अनुबन्धित गरेको हो ।
सन् २०१६ मा पोर्टो आएका एलेक्सले क्लबका लागि १ सय २९ खेलमा २१ गोल गरेका छन् । यस्तै युनाइटेडले उरुग्वेका युवा विंगर फेकुन्डो पेलिस्ट्रीलाई समेत अनुबन्धित गरेको छ ।
१८ वर्षीय विंगरले युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका छन् । – एजेन्सी ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया