जेठ ३१, २०८३ आइतबार June 14, 2026

अद्यावधिकमा छुटे ९४ हजार क्रियाशील सदस्य, पूर्वपदाधिकारी नै महाधिवेशनबाट वञ्चित हुने

कृष्ण सिटौला,विमलेन्द्र निधी, प्रकाशशरण महतसहित केही युवा नेताहरू नयाँ पार्टी बनाएर जानुपर्ने पक्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : समयमा क्रियाशील सदस्यता अध्यावधिक नगरेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासहित पूर्व पदाधिकारी र शीर्ष नेताहरूले १५औं महाधिवेशनमा सहभागी हुन नपाउने भएका छन् । क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कुनै पनि नेता–कार्यकर्ताले महाधिवेशनमा भाग लिन नपाउने भएका हुन् ।

आन्तरिक झगडामा रूमल्लीएको कांग्रेसमा यो विषयले थप पेचिलो अवस्था आएको छ । गत निर्वाचनमा सर्मनाक हार व्यहोरेपछि पार्टीलाई प्रविधिमैत्री बनाउदै सदस्यता शुद्धीकरण गर्न जरामा पुुग्ने अभियान चलाएको कांग्रेसले आफ्ना साढे पाँच लाख क्रियाशील सदस्यता डिजिटल प्रणालीमा व्यवस्थित गरेको छ भने डेढ लाख प्रक्रियाममा छन् ।  तर विशेष महाधिवेशन अस्वीकार गर्ने शीर्ष नेताहरूसहित करिव एक लाख क्रियाशील सदस्यता घटेका छन् ।

अध्यावधिक गर्न योग्य कुल क्रियाशील सात लाख ८२ हजार २०९ सदस्य अध्यावधिक गर्न योग्य रहेपनि विविध कारणले घटेर ६ लाख ८७ हजार ९ सय ३१ सदस्य मात्रै अध्यावधिक भएको कांग्रेसले जनाएको छ । बाँकी राजनीतिक रूपमा छसटेका शीर्ष नेताहरू समेत ९४ हजार २७८ जना कार्यकर्ता रहेका छन् । पार्टीको सिस्टममा अध्यावधिक नगर्ने सदस्यले १५ औं महाधिवजेशनमा भाग लिन नपाउने व्यवस्था गरेको कांग्रेसको भनाई छ  । सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक नगरेका नेता–कार्यकर्ताहरू आगामी असोजमा हुने महाधिवेशनमा सहभागी हुन नपाउने बताए । ‘अद्यावधिक नगरी नेपाली कांग्रेसको सदस्य भएर भूमिका गर्ने स्थिति रहँदैन,’ महामन्त्री पौडेलले भने, ‘पार्टीको सदस्यता अद्यावधिक नगराई १५ औं महाधिवेशनमा सहभागी हुन पाइँदैन ।’ सदस्यता अद्यावधिक नगरेकाहरू अधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने निर्णय भएको नेताहरूले स्मरण गराएका छन् ।

पार्टीमा आन्तरिक सहमति गरेर छुटेका  क्रियाशीललाई नयाँ ढंगले व्यवस्थापन नगर्दा शीर्ष नेताहरू महाधिवेशन बाहिरै रहने छन् । यो व्यवस्था अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गरूङु, सहमहामन्त्री बद्री पाण्डे, पूर्व पदाधिकारीहरू कृष्ण सिटौला, प्रकाशमा सिंह, शेखर कोइराला, शशांक कोइराला, प्रकाशशरण महत, आरजू राणलगायत नेताहरू महाधिवेशन प्रक्रियाबाटै बाहिरिने अवस्था आमएको हो । यसलाई संस्थापन इतर समुहका शीर्ष नेताहरूले नै रानजनीतिक मुद्दा बनाएका छन् । १५ औं महाधिवेशनका लागी पार्टीले गत पुुस १० गते सम्म क्रियाशील सदस्यता नवीकरण गरिसकेको थियो । तर, विशेष महाधिवेशनबाट आएका वर्तमान नेतृत्वले पार्टीलाई डिजिटलाइजेशनमा लैजाने भन्दै केन्द्रीय सभापति देखि सबै नेता–कार्यकर्ता र पार्टीको सदस्यता बस्न चाहाने सबैले क्रियाशील सदस्यता अनिवार्य अध्यावधिक गर्नुपर्ने व्यवस्था गरेको थियो ।

विशेष महाधिवेशन अस्वीकार गर्दै आएका कतिपय नेताहरूले विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाकै हस्ताक्षरमा टिकट लिएर फागुन २१ को आम निर्वाचन लडे । तर, अधिकांश नेताहरूले चुनाव हारेपछि फेरि पार्टीभित्र बखेडा निकालेर बसेका छन् । अध्यावधिकको विरोध गर्न आफू निकटका कार्यकर्तालाई निर्देशन दिएपनि कतिपय कार्यकर्ताले आफ्नो मनोज्ञानले सदस्या अध्यावधिक गरेका छन् ।  केही काउर्यकर्ता भने नेताकै पछि लागेर सदस्या अनलाईन प्रणलीमा गएका छैनन् । उनीहरू पनि यो महाधिवेशनमा छुट्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए  ।

प्राविधिक कारणले छुटेका सदस्यहरूका सन्दर्भमा पार्टीले एउटा निकास खोज्ने भएपनि राजनीतिकरूपमा छुटेकाहरूका लागी समस्या हुने कांग्रेसले जनाएको उनको भनाई छ । ‘कतिपय हिमाली जिल्लाहरूमा जहाँ इन्टरनेट नचल्ने प्राविधिक समस्या छ त्यस्ता जिल्लाका हकमा के गर्ने भन्ने पार्टीभित्र एउटा छलफलको विषय बनेको छ’, उनले भने, ‘तर राजनीतिक कारण पार्टीको निर्णय नमानेर म अध्यावधिक गर्दिन भन्नेहरू आगामी महाधिवेशनमा सहभागी हुन सक्ने अवस्था छैन ।’

गत बिहीबार राती १२ बजे सम्म कांग्रेसको एनसीआइडीमा गएर स्वयमले सदस्याता अध्यावधिक गर्न सक्ने व्यवस्था गरेको थियो । उक्त समयावधिभित्र पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् । बिहीबार राति १२ बजेसम्ममा वडा सभापतिमार्फत पाँच लाख ३८ हजार ६२२ जनाले ‘एनसी आईडी’ (कांग्रेस परिचयपत्र) प्राप्त गरेको सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।  उनका अनुसार एक लाख ४९ हजार ३०९ जनाले वडा सभापतिमार्फत अद्यावधिकका लागि फारम पेश गरेको र सदस्यता अद्यावधिक कार्यको प्रक्रियामा रहेको छन् । यो दुबैलाई जोड्दा कांग्रेसका छ लाख ८७ हजार ९ सय ३१ क्रियाशील सदस्यले अद्यावधिक गरेर १५ औं महाधिवेशनमा सहभागी योग्य बनेका छन् । कांग्रेसमा सात लाख ८२ हजार २०९ सदस्यहरू अद्यावधिकका लागि योग्य थिए ।

राजनीतिक कारण अद्यावधिक गर्न निवर्तमान सभापति देउवा र उनीसँग अघिल्लो महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेता डा. कोइराला समूहका पूर्वपदाधिकारीलगायत छन् । देउवा र कोइरालासँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, निवर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाको सदस्यता अद्यावधिक भएको छैन ।

यस्तै निवर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, किशोरसिंह राठौर, बद्री पाण्डे, निवर्तमान प्रवक्ता डा। प्रकाशशरण महत, निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, ले पनि सदस्यता अद्यावधिक गरेका छैनन् । नेताहरू एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, शंकर भण्डारी, वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश सभापति), निवर्तनमान केन्द्रीय सदस्यहरू गुरू बराल, कुन्दनराज काफ्ले, डा। रणबहादुर रावल, मानबहादुर नेपाली, किरण शर्मा पौडेल, कान्तिका सुजेवाल, विद्या तिमिल्सिना, रमा कोइराला, शान्ति विक, सीता देवकोटालगायतले पनि सदस्यता अद्यावधिक गरेका छैनन् । यस्तै शिव हुमागाइँ, कल्याणकुमार गुरूङ, गोविन्द शाह, दीपक खड्का, दीपक गिरी, रामजनम चौधरी, सीता गुरूङ, लक्ष्मी खतिवडा, सीता राना, कल्याणी रिजाल, पुष्प पराजुली, गणेश लामा, गोमा भट्टराई, किरण यादव, कृष्णकिशोर घिमिरे, सरिता प्रसाईं, माया राई, नृप वड, सरस्वती तिवारी, ईश्वरी न्यौपाने, सुजाता परियार, अम्बिका बस्नेत, अञ्जली श्रेष्ठ, मदन अमात्य, राजीवविक्रम शाह, राधा घले, सरस्वती बजिमय, हरिशरण नेपालीको पनि सदस्यता अद्यावधिक भएको छैन ।

यीनीहरू सबै १४ औं महाधिवेशनमा देउवा र कोइराला प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केही नेताहरू आमन्त्रित सदस्य पनि रहेका छन् । कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेकाहरू कृष्णप्रसाद पौडेल, खम्मबहादुर खाती, कृष्णबहादुर रोकाया, जीतजंग बस्नेत, जगत तिमिल्सिना, ललितजंग शाहीलगायतले पनि सदस्यता अद्यावधिक नगरेको इतर पक्षका नेताहरूले दाबी गरेका छन् । इतर समुहका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन् ।

डा. शेखर कोइरालाले केही दिनअगाडि विज्ञप्ति नै जारी गरेर पार्टीको एकता कायम राख्न ५ प्रस्ताव अघि सारेका थिए । उनले प्रस्तावको पहिलो बुँदामा नै ‘१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने’ भन्ने विषय उल्लेख गरेका थिए । आइतबार शेखर कोइरालासहितका शीर्ष नेताहरूले कोशी प्रदेश स्तरिय भेला रखेका छन भने शनिबार काठमाडौंमा उनि निकटका नेता भुपेन्द्र जंग शाही, कुन्दन काफ्लेसहित युवा नेताहरूले युवा भेला राखेका थिए । कांग्रेसको संस्थापन इतर पक्षका केही नेताहरूले पार्टी विभाजन गरेर नयाँ ढंगले जानुपर्ने नेताहरूमाथि दबाब बढाएपनि नेतृत्व तहबाट पार्टी विभाजन गरेर जाने कुरालाई स्वीकार गरेका छैनन् । नेता शेखर कोइराला र पूर्णबहादुर खड्का पार्टी विभाजनमा पक्षमा छैनन् । तर कृष्ण सिटौला,विमलेन्द्र निधी, प्रकाशशरण महतसहित केही युवा नेताहरू नयाँ पार्टी बनाएर जानुपर्ने पक्षमा देखिएका छन् । यद्यपि यो समुहले भरपर्दो नेता नपाएपछि आन्तरिक अलमलकैबीच  समानान्तर राजनीतिक गतिविधिलाई निरन्तरता दिएकमा छन् ।

पूर्व प्रवक्ता प्रकाश शरण महतले अद्यावधिक गर्ने कार्यको आफूहरू विरोधी नभएको तर, नवीकरण गरिसकेका सदस्यको स्वतः अद्यावधिक हुनुपर्ने बताए । ‘समयसापेक्ष रूपमा अद्यावधिक गर्ने कार्यको हामी विरोधी होइनौँ,’ डा. महतले भने, ‘तर, एक पटक नवीकरण गरिसकेको व्यक्ति फेरि अद्यावधिकका लागि आफ्नै वडामा पुग्नुपर्ने नियम अव्यावहारिक भयो । नवीकरण भइसकेकालाई केन्द्रीय कार्यालयले स्वतः अद्यावधिक गरिनुपर्छ’, उनले भने ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया