कार्तिक ११, २०८३ बुधबार October 28, 2026

राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति पैले हो की ‘ गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति पैले हो की , मेरो प्रीति पैले’ गीत सार्वजनिक भएको छ ।

राष्ट्रकवि घिमिरेले रचना गरेका गीत चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको संगितमा नयाँ भर्सनमा नयाँ कलाकारको साथ बजारमा आएको हो । रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको गीतमा प्रविन बेडवाल र रचना रिमालले स्वर दिएका छन् ।

राष्ट्रकवि घिमिरेले २०२४ साल बैशाख १२ गते रचना गरेको गीत यसअघि २०६० साल बैशाखमा रेकर्डिङ् भएको थियो । नारायण रायमाझीकै संगितमा पहिला सार्वजनिक गीतमा जगदिस समाल रसपना श्रीले स्वार दिएका थिए ।

नयाँ कलाकारको साथ सार्वजनिक गीतमा बि.बि. अनुरागीको संगीत संयोजन रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन् । सहयोगीहरुमा रत्न बि.क., विर्मा खड्का, उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का,राकेश सोनी रहेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा भदौ २ गते मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको थियो ।

गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार हुन् ।

बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार