असार २२, २०८२ आइतबार July 6, 2025

‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्न गिरोह नै सक्रिय-२०७ प्रकारका अखाद्य सामग्रीमा नयाँ लेभलिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मितिसहित पुनः लेभलिङ गरी बेच्न ठूलो गिरोह नै सक्रिय भएको पाइएको छ ।

प्रहरीले काठमाडौंमा मंगलबारसम्म त्यस्ता गिरोहबाट सञ्चालित चार ठूला गोदाममा छापा मारी बजारमा बेच्न लैजाने तयारी अवस्थामा राखिएका २०७ प्रकारका अखाद्य सामग्री सिल गरेको हो ।

‘हेर्दा डिस्टिब्युटर्स र सञ्चालकहरू फरक फरक छन् तर काम उही छ, थप अनुसन्धान गर्दै छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले म्याद गुज्रिएका अखाद्य सामान बजारबाट उठाउने र नयाँ लेभलिङ गरेर फेरि बजारमा पठाउन ठूलो गिरोह नै लागेको हुन सक्ने बताए ।

‘सप्लायर्सहरू फरक फरक देखिएका छन् तर कनेक्सन कहाँ छ भनेर खोज्दै छौं,’ महाशाखा प्रमुख थापाले भने । प्रहरीले आफ्नो तर्फको अनुसन्धान जारी राखेरै म्याद सकिएका सामान बिक्री गर्ने कम्पनी तथा डिस्टिब्युटर्सहरूको फाइल सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको जनाएको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार