असार २, २०८३ मंगलबार June 16, 2026

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती चैत्य एवं बिहारलगायत सम्पदाको अवलोकन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ असारः शान्ति पदयात्राका क्रममा नेपाल आउनुभएका भियतनामी भिक्षुको समूहले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती चैत्य एवं बिहारलगायत सम्पदाको अवलोकन गरेको छ ।

पदयात्रामार्फत् विश्वभरि शान्तिको सन्देश प्रसारण गरेपछि भिक्षु रत्नगुणाको समूह सोमबार बुद्धको जन्मभूमि नेपाल आउनुभएको हो । उहाँ भियतनामी थेराबाद बौद्ध सङ्घका संस्थापक एवं प्रथम सङ्घराज भन्ते वमसरखिता महाथेरोझका एकमात्र जीवित शिष्य हुनुका साथै भिक्षु पन्नाकाराका गुरु पनि हुनुहुन्छ । उहाँकै निर्देशनमा २४ जना भिक्षुले १०८ दिनसम्म अमेरिकाका विभिन्न राज्यमा गरी तीन हजार ७०० किलोमिटर शान्ति पदयात्रा गरेका थिए । यसको नेतृत्व भिक्षु पन्नाकारले गर्नुभएको थियो ।

शान्ति अभियानअन्तर्गत नेपाल आएको यो टोलीमा भिक्षु पन्नाकारा, उहाँका गुरुलगायत हुनुहुन्छ । यसका साथै पदयात्रा अमेरिकाको तीन हजार ७०० किमी पदयात्रा पुरा गरेको चर्चित अलोका नामको कुकुर पनि सँगै छ । उहाँहरू थाइल्याण्डबाट दिल्ली हुँदै नेपाल आउनुभएको हो ।

यो यात्राको उद्देश्य विश्व शान्ति, करुणा, अहिंसा र सजगताको सन्देशलाई व्यावहारिकरूपमा सबैका माझ पु¥याउनु हो । प्राविधिक पृष्ठभूमिबाट आउनुभएका यी भिक्षुले बौद्ध शिक्षालाई आधुनिक तथा सरल तरिकाले प्रस्तुत गर्ने गर्नुभएको जनाइएको छ । पदयात्राका क्रममा विभिन्न समुदायसँग संवाद गर्ने, ध्यान गराउने र ‘शान्ति बाहिर होइन, आफूभित्रबाट सुरु हुन्छ’ भन्ने सन्देश बाँड्ने कार्यक्रम रहेको छ । भारत, श्रीलङ्का र नेपालजस्ता देशमा पनि भ्रमणमार्फत् उनीहरूले बौद्ध धर्मलाई मानवता र सहअस्तित्वको लागि प्रेरणा बनाउने गर्नुभएको छ ।

शान्ति भीडबाट प्राप्त हुँदैन भनेर बुद्धले आफैँभित्र खोजेजस्तै भिक्षुले शान्ति प्राप्तिको लागि कुनै महायज्ञ र अनुष्ठान नगरी अशान्त हुनाका कारण खोजेको जनाइएको छ । सिद्धार्थ गौतम बुद्ध भइसकेपछि पनि कुनै विजययात्रा गरेनन् । बरु ज्ञान बाँड्नतिर लागे जस्तै यी भिक्षु पनि बुद्धको त्यही बाटो हिड्दै यहाँ आइपुग्नुभएको हो ।

दुःखको निवारण र शान्तिको लागि विना भेदभावको बाटो बुद्ध हिँडेको बाटो हो र यो बाटोको प्रारम्भ बिन्दु नेपाल हो भन्ने मान्यताका आधारमा उहाँहरू नेपाल आउनुभएको हो । यसैगरी आजै उहाँहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शान्ति पदयात्रामा सहभागी भई आएका अलोका र भिक्षुको टोलीलाई काठमाडौँमा स्वागत गर्नुभएको मन्त्रालयको सामाजिक सञ्जालमा उल्लेख छ ।

घाम, पानी, हिउँ र अनेकौँ कठिनाइबीच पनि भिक्षुको साथ नछोड्ने अलोकाले करुणा, मैत्री, निष्ठा र सहअस्तित्वको अनुपम उदाहरण प्रस्तुत गरेको छ । अमेरिकामा भिक्षुसँगै १०८ दिनसम्म तीन हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्दै शान्ति पदयात्रा अभियानमार्फत लाखौँ मानिसको मन जितेको ‘अलोका’ नामक कुकुर र भियतनामी भिक्षुको टोली सोमबार नेपाल आइपुगेको हो ।

बुद्धको शिक्षाले भन्छ, ‘शान्ति बाहिरबाट आउँदैन, शान्ति हाम्रो मनबाट सुरु हुन्छ’ । यस पदयात्राले त्यही सन्देशलाई अझ गहिरोसँग स्मरण गरायो, मानिस मात्र होइन, सबै प्राणीमा मैत्री र करुणा विस्तार गर्न सके मात्र साँचो शान्ति सम्भव छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार
२०८३ असार २, मंगलबार
भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा
२०८३ असार २, मंगलबार
सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन काठमाण्डौं प्रशासनको निर्देशन
२०८३ असार २, मंगलबार
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार