जेठ ३१, २०८३ आइतबार June 14, 2026

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान शुरु गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

दाङको राप्ती गाउँपालिका-४ जनकपुरस्थित सडकमा भैरहवाबाट धनगढीतर्फ जाँदै गरेको ना.८ ख ५७०० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ जनकपुर बस्ने अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको शनिबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

ललितपुरको ललितपुर महानगरपालिका-१३ थसिखेल चोकस्थित सडकमा बा.प्र.०३-००१ ख १७६८ नम्बरको ट्रकले बा.प्र.०२-०५४ प ३०९३ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थली बस्ने २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

सल्यानको शारदा नगरपालिका-१ श्रीनगरस्थित सडकमा दाङदेखि कुमाखतर्फ जाँदै गरेको ना.३ ख ६६१६ नम्बरको बसको ठक्करबाट पैदलयात्री छत्रेश्वरी गाउँपालिका-७ बस्ने ४६ वर्षीया उमा रेउलेको आइतबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया