श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

सुतिरहेकी महिलामाथि चक्कु प्रहार

घाइते महिलाको अवस्था मध्यम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा सुतिरहेकी एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।

इलाका प्रहरी कार्यालय स्वामीकार्तिकका अनुसार सोमबार बिहान करिब १:३० बजे स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईकी ३६ वर्षीया ठुमरा बिष्ट आफ्नै घरमा सुतिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले उनलाई भान्सा कोठामा बोलाएका थिए ।

त्यसक्रममा ती व्यक्तिले चक्कुले बिष्टको घाँटीको बायाँ भागमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोलीले विष्टको उद्धार गरी कोल्टी आधारभूत अस्पताल पुर्‍याएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

घाइते महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
२०८३ श्रावण २२, शुक्रबार
राष्ट्रियसभा बैठक साउन २७ गते
२०८३ श्रावण २२, शुक्रबार
मध्यपुर थिमि नगरपालिकाको चार वर्षे प्रगति विवरण सार्वजनिक
२०८३ श्रावण २२, शुक्रबार
दोलखाको यलुङ-रि हिमालमा ५ शव देखिए
२०८३ श्रावण २२, शुक्रबार
एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने
२०८३ श्रावण २२, शुक्रबार
संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छ: सभापति थापा
२०८३ श्रावण २२, शुक्रबार
करदाता प्रोत्साहन उपहार: दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
२०८३ श्रावण २२, शुक्रबार