काठमाडौंः राप्रपा र राप्रपा (संयुक्त)बीचको एकतालाई निर्वाचन आयोगले वैधता दिएको छ । वैधता दिएकोमा आयोगलाई पार्टी अध्यक्ष कमल थापाले ट्विटरमार्फत धन्यवाद ब्यक्त गरेका छन् ।
राप्रपा र राप्रपा (संयुक्त)को एकिकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ।आयोगलाई धन्यवाद। २०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी छु,गौरव लागेको छ। आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु भनेका छन्
दुई राप्रपाबीच गत फागुनमा एकता घोषणा भएको थियो । तर, चुनाव चिह्नमा सहमति हुन नसक्दा पार्टीलाई निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन। २०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनस् एकीकृत गर्न सकेकोमा थापाले खुसी व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया